Logo
Logo

जेनजी आन्दोलनमा १२ हजार बढी सवारीसाधन ध्वस्त, झन्डै १३ अर्बको नोक्सानी


693
Shares

काठमाडौं । भदौं २३ र २४ गते जेनजी आन्दालनको नाममा भएको विध्वसात्मक गतिविधिका कारण १२ हजारभन्दा बढी सवारीसाधानमा क्षति पगुको छ ।

आन्दोलनपछि सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन र सार्वजनिक संरचनाको पुननिर्मण योजना तयार गर्न गठित समितिका अनुसार आन्दोलनको नाममा १२ हजार छ सय ५९ वटा सवारीसाधनमा क्षति पु¥याइएको छ ।

जसमा चालू अवस्थाका नौ हजार सात सय २७ वटा र चालू अवस्थामा नरहेका दुई हजार नौ सय ३२ वटा रहेको छ । कुल सवारीसाधानको क्षति रकम भने १२ अर्ब ९३ करोड ६१ लाख रुपैयाँबराबर रहेको छ ।

क्षति भएका सवारीसाधनमध्ये सबैभन्दा धेरै क्षति कार/जीप/भ्यान समूह र मोटरसाइकलका रहेको छ । ७२ प्रतिशत क्षति कार/जीप/भ्यान समूह र ११ प्रतिशत मोटरसाइकलको क्षति भएको हो ।

हेभी उपकरण र हेभी सवारीसाधनको क्षति रकम तुलनात्मक रूपमा कम भए पनि प्रतिएकाइ क्षति उच्च रहको दखिन्छ । कुल दुई हजार आठ सय पाँचवटा बीमा भएका सवारीसाधनमा बीमा दाबी रकम तीन अब ८८ करोड ३९ लाख रुपयाँ रहेका देखिन्छ । विशषगरी कार/जीप/भ्यान समह र माटरसाइकलको बीमा भएको छ भने बाँकीको बीमा भएको छैन ।

हेभी उपकरण ५० करोड ९९ लाख, हेभी सवारीसाधन ६५ करोड ६८ लाख, मिनीबस, मिनी ट्रक ८८ करोड २४ लाख, कार/जीप/भ्यान नौ अर्ब ३३ करोड ७२ लाखबराबरको क्षति भएको छ । मोटरसाइकल एक अर्ब ४८ करोड ९० लाख र अन्य सवारीसाधान छ करोड नौ लाखबराबरको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्