Logo
Logo

आत्मसमीक्षा गर्दै आफ्नो भागको जिम्मा लिन जेनजीलाई विश्वप्रकाशको सुझाव


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको नेतृत्व गर्ने जेनजी आन्दोलनकारीले आत्मसमीक्षा गर्दै आफ्नो भागको जिम्मा लिनुपर्ने बताएका छन् ।

काठमाडौंमा जारी कांग्रेस विशेष महाधिवेशनमा सोमबार सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै जेनजी प्रदर्शनकारीले पनि आफ्नो प्रदर्शनको आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘बदलिएको देश÷बदल्नुपर्ने कांग्रेसः सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ शीर्षकको प्रतिवेदनमा महामन्त्री शर्माले ‘जेनजीले गर्नुपर्ने आत्मसमीक्षा’ शीर्षकमा यो प्रस्ताव गरेका छन् ।

‘०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह गरिरहँदा कतिपय ठाउँमा बम बिस्फोट भएपछि पार्टीले सम्पूर्ण सत्याग्रह स्थगित गरेको थियो । इतिहासको त्यो एक उच्चतम नैतिक प्रस्तुति थियो,’ उनले भनेका छन्, ‘आजको मितिमा जेनजी प्रदर्शनकारीले आफ्नो प्रदर्शनको आत्मसमीक्षा गरेर त्यति मात्रै जिम्मेवारी आफ्नो भागमा लिनुपर्छ जति तिनको आह्वान, संलग्नता र कर्म हो ।’

प्रतिक्रिया दिनुहोस्