Logo
Logo

प्रभावशाली नेताहरुले देशको ढुकुटीमा खेलबाड गरे :  विश्वप्रकाश शर्मा


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीय बजेट निर्माण गर्दा प्रभावशाली नेताहरूले देशको ढुकुटीमा खेलबाड गरेको आरोप लगाएका छन् ।

The current image has no alternative text. The file name is: bishwoprakas-sharma.jpg

मङ्गलवार दोस्रो दिन जारी काँग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्री शर्माले साङ्गठनिक प्रतिवेदन पेस गर्दै यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘राष्ट्रको बजेट निर्माण गर्दा कतिपय प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्रमा बढी बजेट खन्याइने र कतिपयमा सांसदको प्रभाव नपुग्दा तुलनात्मक रूपले न्यून बजेट परेको गुनासो संसद्मा पटक-पटक सुनिएका छन्  । नागरिकमा निरन्तर असन्तोष जन्माउने यो प्रवृत्ति देशको ढुकुटीप्रतिको खेलबाड पनि हो ।’

शर्माले जारी विशेष महाधिवेशनले यस्तो प्रवृत्ति सम्पूर्ण नियन्त्रण गर्ने सङ्कल्प गर्दै समन्यायिक विकासको अवधारणा मर्यादित ढङ्गले अवलम्बन गर्ने निर्णय गर्ने घोषणा गरेका छन् । 

त्यसैगरी शर्माले बितेका केही दशकमा विकासका कतिपय परियोजना लहडका भरमा अघि बढाइएकाले सङ्कटमा रहेको बताएका छन् । उनले भने, ‘विगतका यस्ता गम्भीर गल्ती केलाउँदै लहडका परियोजना नबढाउने, कुनै पनि महत्त्वपूर्ण प्रस्तावलाई विज्ञ दृष्टिको संलग्नताबाट भायबल रहे९नरहेको परीक्षण र आवश्यकता पर्दा संसदीय छलफलबाट मात्रै अघि बढाउने निर्णय यो विशेष महाधिवेशन गर्दछ ।’

महामन्त्री शर्माले पूँजीगत बजेट खर्चको क्षमता सबल ढङ्गले बढ्न नसकेको अवस्थालाई सन्तोषजनक सुधार गर्न नसक्नु शासकीय गल्ती प्रमाणित भएको उल्लेख गरे ।

‘भौतिक पूर्वाधार निर्माण कार्य तीन सिफ्टमा गर्न आवश्यक कानुनी एवं व्यावहारिक बन्दोबस्त मिलाउन पहल गर्ने, असारे विकास रोक्ने र विकासका कार्यमा तीन तहका सरकारबीच काम बाँडफाँटको सन्तुलन मिलाउने सङ्कल्प र प्रतिबद्धता पनि यो विशेष महाधिवेशन गर्दछ,’ शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्