Logo
Logo

विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशतले हस्ताक्षर गरेको दाबी


945
Shares

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी गरेका छन् ।

विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशतले हस्ताक्षर गरेको  दाबी गरेका हुन् । सोमबार साँझ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘६३ प्रतिशत हस्ताक्षर कट्यो । प्रतिनिधि अझै आउने क्रम जारी छ । हामी ७० प्रतिशत पुर्‍याएर देखाइदिन्छौ ।’

सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षीय नेताहरूले असहमति राखिरहेका छन् । यता विशेष महाधिवेशनमा भने बन्दसत्रको काम अघि बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्