ठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार फैसला सुनाएको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।
अदालतले साहलाई एक लाख रुपैयाँ जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको छ । उनी असार ३२ गते कल्याणपुर-६ मा नाला निर्माण योजनाको भुक्तानी चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिबाट घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।
उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीले भने अदालतबाट सफाइ पाएकी छिन् ।












