
काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान ९ बजेबाट पुनः सुरु हुँदैछ ।
दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गतेका लागि आयोजना गरिएको भए पनि समय अभावका कारण कार्यतालिका संशोधन गरिएको हो ।
सोमबार बन्दसत्र सुरु भएको र विभिन्न प्रतिवेदन उपरको छलफल लम्बिएकाले महाधिवेशनको कार्यतालिका संशोधन गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले बताए ।
उनका अनुसार आज नेतृत्व चयनका लागि बन्दसत्र सुरु हुने र निर्वाचन, अनुशासन, केन्द्रीय समिति लगायतका समितिहरू भङ्ग गरिनेछ ।
यता र्सस्थापन पक्षलाई पनि सहमतिमा ल्याउने प्रयास जारी छ । यसका लागि सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन आयोजना गरिरहेका नेताबिच आज पनि छलफल हुने भएको छ ।












