
काठमाडौं । पूर्वन्यायाधीश लोकजंग शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विशेष महाधिवेशनको बन्दसत्र चलिरहेका बेला उनी कांग्रेसमा प्रवेश गरेका हुन् । शाहलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खादा लगाएर स्वागत गरेका छन् ।
शाह बर्दिया जिल्लाको न्यायाधीश भएका बेला खराब आचरण गरेको अभियोगमा २०७९ असारमा बर्खास्त भएका थिए । न्यायपरिषदको बैठकले उनीसहित उच्च अदालतका न्यायाधीश नसरुल्ला अन्सारलाई पनि बर्खास्त गरेको थियो ।
रुकुमका शाह २०४३ साउन २६ मा न्याय सेवा प्रवेश गरेर २०६६ भदौ २३ मा जिल्ला न्यायाधीश नियुक्त भएका थिए । शाहमाथि घुस रिसवत,खराब आचरण लगायतको उजुरी छानविन गर्दा पुष्टि भएपछि बर्खास्त भएका थिए ।












