Logo
Logo

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको नेतृत्व रुसलाई हस्तान्तरण


567
Shares

एजेन्सी । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसको कमान्ड अमेरिकाबाट रुसमा हस्तान्तरण गरिएको छ ।

The current image has no alternative text. The file name is: rush.jpg

नासाका अन्तरिक्षयात्री तथा क्रु–११ अभियानका प्रमुख माइक फिन्कले एक औपचारिक समारोहमार्फत रुसी अन्तरिक्षयात्री सर्गेई कुड–स्वेर्च्कोफलाई आईएसएसको नेतृत्व सुम्पेका हुन् ।

नेतृत्व हस्तान्तरणका क्रममा फिन्कले स्टेशनको प्रतीकात्मक साँचो प्रदान गरे, जसले कमान्डरको अधिकार र जिम्मेवारी जनाउँछ । आईएसएसको नेतृत्व परम्पराअनुसार अमेरिकी र रुसी अन्तरिक्षयात्रीबीच पालैपालो हस्तान्तरण हुँदै आएको छ ।

क्रु-११ का चार सदस्य दुई अमेरिकी, एक जापानी र एक रुसी स्वास्थ्य कारण निर्धारित समयभन्दा एक महिना अगाडि पृथ्वी फर्किन लागेका छन् । नासाको इतिहासमा स्वास्थ्य समस्याका कारण पूरा टोली समयअगावै फिर्ता हुन लागेको यो पहिलो घटना हो ।

सन् १९९८ मा निर्माण सुरु भई २००० देखि निरन्तर सञ्चालनमा रहेको आईएसएस पृथ्वीको कक्षामा रहेको सबैभन्दा ठूलो मानव निर्मित संरचना हो, जहाँ अन्तर्राष्ट्रिय सहकार्यमा वैज्ञानिक अनुसन्धान र अन्तरिक्ष प्रविधिको परीक्षण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्