Logo
Logo

त्यो दशैँ अनि यो दशैँ


- बिन्दिया प्रधान


  • बिन्दिया प्रधान

घरआँगनमा दशैँ आइसकेको छ । तर सधँैको जस्तो उत्साह भने पटक्कै छैन ।

ती दशैँ अनि ती उल्लासहरु यतिखेर सिनेमाको पर्दाझैँ जीवन्त मनभरि छाएको छ । अझ बाल्यकालको दशैँ अघि ओखलढुंगा सदरमुकामस्थित बजारहरुका सबैजसो घरहरु, झ्यालढोकाहरु रंगाइने काम हुन्थ्यो । ब्रस र कुचोहरुले घरका भित्ताहरुमा छ्याप छ्याप छ्याप……एक प्रकारकोे आवाजसँगै रङ पोतेको रमाइलो दृश्य हेर्दै आँगनभरि हामी केटाकेटीहरु ‘दशैँ आयो खाउला पिँउला …’ भन्ने गीत गाउँदै उफ्रन्थ्यौँ । वरपर घरघरको सफाइ, लिपाइपोताइको जाँगर र उल्लाससँगै त्यसैत्यसै चारैतिर दशैँ आएको भान आफैँ हुन्थ्यो । हामी केटाकेटीहरु विशेषगरी बढी नै रमाउथ्याँै । कतिपय घरमा दर्जीहरु आएर परिवारकै नयाँ कपडा सिलाइरहेको दृश्यले पनि दशैँको आभाष दिइरहेको हुन्थ्यो । व्यापारको सिलसिलामा बुबा सामानहरु ल्याउन कहिले दरभङ्गा अनि कहिले काठमाडौँ जानुहुन्थ्यो । दशैँको सामान लिएर काठमाडौँबाट आउदा बुबाले हामीलाई चुँइकिने चप्पल र रेडिमेड फ्रकहरु ल्याइदिनुहुन्थ्यो । जुजु रेडिमेडका ती फ्रकहरुको रङ अहिले पनि सम्झनामा छ । दशैँको फूलपाती नआउन्जेल त्यो चँुइकिने चप्पल र फ्रक दिनको एकचोटि फिजाएर हामी हेथ्र्यौँ अनि त्यो लगाउने दिन कहिले आउँला भनी ब्यग्र प्रतिक्षामा रहन्थ्यौँ । मनभरि, मस्तिष्कभरि अनि सपनामा पनि दशैँ नै दशैँ छाउँथ्यो । कति उत्साह र उल्लास थियो । त्यो सुन्दर हाम्रो बाल्यकाल अनि चुलबुले मनस्थितिमा न त कुनै तनाव, न त आम्दानी कसरी गर्ने भन्ने पीर नै थियो । तर दशैँको अत्यन्त रहर, उत्साह र नयाँ जुत्ता, कपडाको त्यो असीम मोह थियो ।

यसपालिको दशैँमा भने बाँचिएछ भने दशैँ त फेरिफेरि मनाउँला नि भन्ने धेरैको भनाइ रहेको छ । जीवनमरणको दोसाँधको बेला हो यो । आयुको कुनै सुनिश्चितता छैन । अनि यस्तोमा महान् चाडहरु, कार्यक्रमहरु पनि महत्वहीन बन्न पुगेका छन् । घरघरमा शोक मनाइरहेको स्थितिमा, बर्खी बारिरहेको बेलामा दशैँको रमझम कसरी हुनसक्छ ? अथवा आफ्नै घरको एक सदस्य अस्पतालको शैयामा कोरोनासँग जुधिरहेको बेला घरमा दशैँको के रमझम हुन सक्ला ? मौसमी रुघाखोकी हो भनेर साधारण सम्झँदासम्झँदै अचानक ज्वरो र श्वासप्रश्वासमा गाह्रो भएपछि आत्तिएर हस्पिटल जान एम्बुलेन्सलाई फोन गर्दा फोन नै उठ्दैन । दशौँ पटकको फोन पनि नउठाउने वा व्यस्त धुन आउँदा बिरामी आत्तिएर कोरोनाभन्दा पनि मनोवैज्ञानिक त्रासले त्यसै गलिसक्छ । परिवारको एकजना पोजेटिभ हुनासाथ, सबैले महंगो पिसीआर परीक्षण गराउनपर्ने, बिरामी भइयो भने सरकारी होस् या निजी जहाँ खाली छ वा जसले लिन आउँछ त्यतै भर्ना हुन जानुपर्छ ।

दशैँहरु त्यसरी उत्साहजनक र उल्लासमय पनि हुन्थे । तर, यसपालिको दशैँमा भने बाँचिएछ भने दशैँ त फेरिफेरि मनाउँला नि भन्ने धेरैको भनाइ रहेको छ । जीवनमरणको दोसाँधको बेला हो यो । आयुको कुनै सुनिश्चितता छैन । अनि यस्तोमा महान् चाडहरु, कार्यक्रमहरु पनि महत्वहीन बन्न पुगेका छन् । घरघरमा शोक मनाइरहेको स्थितिमा, बर्खी बारिरहेको बेलामा दशैँको रमझम कसरी हुनसक्छ ? अथवा आफ्नै घरको एक सदस्य अस्पतालको शैयामा कोरोनासँग जुधिरहेको बेला घरमा दशैँको के रमझम हुन सक्ला ? मौसमी रुघाखोकी हो भनेर साधारण सम्झँदासम्झँदै अचानक ज्वरो र श्वासप्रश्वासमा गाह्रो भएपछि आत्तिएर हस्पिटल जान एम्बुलेन्सलाई फोन गर्दा फोन नै उठ्दैन । दशौँ पटकको फोन पनि नउठाउने वा व्यस्त धुन आउँदा बिरामी आत्तिएर कोरोनाभन्दा पनि मनोवैज्ञानिक त्रासले त्यसै गलिसक्छ । परिवारको एकजना पोजेटिभ हुनासाथ, सबैले महंगो पिसीआर परीक्षण गराउनपर्ने, बिरामी भइयो भने सरकारी होस् या निजी जहाँ खाली छ वा जसले लिन आउँछ त्यतै भर्ना हुन जानुपर्छ । अनि अस्पतालका प्रकारअनुसार हजारौँ वा लाखौँ बुझाउन प¥यो । क्षमता हुनेहरुलाई नै बाँच्न गाह्रो भइरहेको बेला क्षमता नहुनेहरु अस्पतालको शैया, औषधि, पोषिलो खाना र आवश्यक हेरचाह नपाएरै त्यसैत्यसै मरिरहेछन् ।

यस्तोमा के दशैँ ? धेरैलाई यस्तै लागिरहेछ । दशँैको माहौल त छ, तर यथार्थको दशैँ छैन । भन्नेहरु त भनिरहेछन् यो कोरोना सोरोना केही होइन मनोवैज्ञानिक त्रास मात्र हो । त्यसैले कोरोना भनेर आफ्नो परम्परा छाड्न कहाँ मिल्छ र ? तर रोगको भयावहता हेरेर आ–आफैँ सजग हुनुपर्ने यो बेलामा घरमै सीमित भई दशैँ मनाउनु नै राम्रो हुने देखिन्छ ।

बाल्यकाल, युवावस्था अनि जीवनका अनेकौँ उकालीओरालीहरु पार गर्दै जाँदा दशैँतिहारजस्ता चाडबाड त्यसै पनि कसैका लागि रहर अनि कसैका लागि कर बन्ने गर्छ । पहिला–पहिला पनि एउटा भनाइ नै रहेको थियो कि धनीका लागि दशँै अनि गरिबका लागि दशा । तर त्यति हुँदाहँुदै पनि यो वर्षजस्तै गरी उत्साह मरेको उल्लास हराएको कहिल्यै थाहा छैन । जीवनयात्राको यस्तो एउटा मोड जहाँबाट बाँकी मोडहरु बाक्लो कुहिरोले ढाकिएर अगाडि गहिरो भिर छ कि डरलाग्दो भड्खालो ? यात्रु अन्योलमा छन् । र उसको पाइला टक्क अडिएको छ अनिश्चितकालका लागि । पछाडि फर्कन उ सक्दैन । अगाडि बढ्न गहिरो भिरको डर छ । ठीक यही स्थिति झेलिरहेका छौँ हामी । आज यति संक्रमित भए, यति मरे अनि तीमध्येमा काठमाडौँ उपत्यकामा मात्र यति थिए भन्ने आँकडा पढ्ने र सुन्ने काम हाम्रो दैनिकीमध्येको एक हुने गरेको छ । अझ नजिकका चिनजानकाहरु, नातेदारहरु पनि धमाधम संक्रमित भइरहेका छन् । यो कोरोना केही होइन मात्र मनोवैज्ञानिक त्रास हो भनेर कर्मक्षेत्रमा डटिरहेकाहरु स्वयं नै पोजेटिभ भई अस्पतालबाट निको भई फर्केपछि कोरोनालाई सामान्य नठानौँ, यो गाह्रो रोग रहेछ यसबाट जोगिन प्रयास गरौँ भनेर अरुलाई सल्लाह दिइरहेका छन् ।

अस्पतालका क्षमताभन्दा सक्रिय संक्रमितको संख्या बढी भएपछि हाम्रो सरकारी अस्पतालहरुले यो धान्न नसकिरहेको अवस्था छ । निजी क्षेत्रका अस्पताललाई शैयाको २० प्रतिशत कोरोना रोगीहरुका लागि प्रयोग हुनेगरी छुट्याउन सरकारले आग्रह गरेकामा ती केही अस्पतालहरुले जनशक्ति र आवश्यक व्यवस्था गर्न नसकिने बताउँदै आएका छन् । दिनदिनै संक्रमितहरु थपिँदा सरकारले अप्रत्यक्षरुपमा आफ्नो लाचारी प्रकट गरिसकेको अवस्था छ । अग्रपंक्तिमा दिनरात खटेर काम गर्ने स्वास्थ्यकर्मीलाई दिने भनिएको भत्ता नपाइएको गुनासाहरु छन् । यस्तोमा जनताको जीवनरक्षाको जिम्मा कसले लिने हो ? यो गम्भीर प्रश्न ठूलो चुनौतीका रुपमा हामीसामु तेर्सिएको छ । यस्तो अवस्थामा किरा फट्याङ्ग्रा सरी मर्नुको अर्को विकल्प छैन । यो स्थितिमा दशैँ हाम्रो आँगनमा आइपुगेको छ तर स्थिति झन्झन् भयावह बन्दै छ । रहर र उत्साहहरु कतै हराएका छन् ।

एक समय थियो नयाँ कपडा र जुत्ता लगाउने हतारोमा दशैँको ब्यग्र प्रतिक्षा हुन्थ्यो । अहिले जुत्ताहरुमा लामो समय प्रयोग नभएर धुलो जमेको अनि थन्किएका कति कपडाहरुमा बासी ढुसी मिश्रित गन्ध आउन थालेका छन् । दशैँ र नयाँ कपडाभन्दा पनि कोरोनाको व्यापक संक्रमण फैलावटबाट जीवन कसरी बचाउने, परिवारको एकजना संक्रमण भएपछि अन्य दीर्घरोगीहरुलाई कसरी जोगाउने अनि घरघरको चरम आथर््िाक संकटलाई कसरी पार लगाउने भन्ने तनावग्रस्त मनस्थितिमा के दशैँ अनि के तिहार ? त्यसैले जो जहाँ छौँ त्यहीँ बसेर दशैँ मनाऔँ । अहिलेको यो त्रासदपूर्ण घडीमा हाम्रो प्रयास आफू बचौँ र अरुलाई पनि बचाऔँ भन्ने हुनुपर्छ । दशैँ त फेरिफेरि पनि आउँछ तर जीवन गएको गयै हुन्छ ।

यो चरम संकटको घडीमा असीम धैर्यधारण गर्ने शक्ति दुर्गा भवानीले हामी सबैमा प्रदान गरुन् ।

शुभकामना सम्पूर्ण आकाशको !!

प्रतिक्रिया दिनुहोस्