Logo
Logo

विश्वमा चिनियाँ पर्यटक सवभन्दा धेरै, तर नेपालले फाइदा लिन सकेन


- दृष्टि न्युज/संवाददाता



सन् २०१८ मा करीव १४ करोड चिनियाँ पर्यटकहरुले विश्वका विभिन्न देशहरुको भ्रमण गरेको तथ्यांक चीनले सार्वजनिक गरेकोछ । चीनको सरकारी पत्रिका पिपुल्स डेलीका अनुसार गत वर्ष भन्दा यो १ करोड १० लाखले वढी हो ।

यो संख्या विश्वका विभिन्न देशहरु मध्ये सवभन्दा धेरै हो । कुनै जमानामा पर्यटक भनेपछि युरोपेली र अमेरिकीहरुलाई गनिन्थ्यो । उनीहरु नै विश्वका विभिन्न देशहरुमा भ्रमण गर्ने वढी थिए । तर अहिले चीनको तीब्र विकास तथा खुल्लापनका कारण विश्व भ्रमण गर्ने चिनियाँहरुको संख्यामा निकै वृद्धि भएकोछ ।

विश्वमा चिनियाँ पर्यटकहरुको संख्यामा तीब्र वृद्धि भएपनि सीमाना जोडिएको देश नेपालले उचित फाइदा लिन सकेको छैन । नेपालमा चिनियाँ पर्यटक वृद्धि भएको त देखिन्छ, तर जुन अनुपातमा विश्वमा चिनियाँ पर्यटकहरुको वृद्धि भैरहकोछ, त्यसको अति सानो हिस्सा पनि नेपाल भ्रमणमा आएको देखिन्न । नेपाल आउने चिनियाँ पर्यटकको संख्या १ लाख ५० हजार पनि नाघेको छैन ।

अब केही दिन पछि चीनमा चिनियाँ नयाँ वर्ष तथा लामो चाडपर्व शुरु हुँदैछ । त्यहाँ एक हप्ताको सरकारी विदा नै शुरु हुँदैछ । यो समयमा करोडौं चिनियाँहरु विश्व भ्रमणमा जाँदैछन् ।

नेपालले दूतावासहरुलाई जबसम्म आर्थिक काममा केन्द्रित गर्न आदेश दिंइदैन र परिचालन गरिंदैन, दूतावासहरु केवल केही ब्यक्तिहरुलाई जागीर खाने ठाउँ मात्रै भइरहनेछ । चीन संग नेपालका विमानसेवाहरुको सीधा उडान पनि शुरु गर्न सरकारले सकेको छैन । साथै जुन गतिमा पर्यटकहरु ल्याउन विशेष पहल गरिन पर्दथ्यो त्यो पनि भैरहेको देखिन्न ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्