Logo
Logo

७० प्रतिशत मत ल्याएर जित्ने ओलीको दाबी 


693
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर आफूले निर्वाचनमा विजय हासिल गर्ने बताएका छन् । कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरू पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको ओलीले दुई तिहाइ भन्दा बढी मत ल्याएर जित्ने दाबी गरेका हुन् ।

ओलीले आगामी फागुन २१ गतेको निर्वाचनका लागि झापा-५ बाट उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा रास्वपाका उम्मेदवार बोलन शाहले ओलीलाई ठक्कर दिने आकलन भइरहेका वेलामा उनले आफुले दुई तिहाइ भन्दा धेरै मतले जित्ने दाबी गरेका हुन् । 

झापाको कमल गाउँपालिकाका कार्यकर्तासँगको भेटमा उनले विकास, रुपान्तरण, जनआधारका कारण सिङ्गो क्षेत्रनै एमालेको पक्षमा एक ढिक्का रहेको बताए । यही क्रममा उनले अहिले राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउने बेला आएको पनि बताए ।

गत भदौमा भएको आन्दोलनमा राजनीतिक कार्य भन्दा बढी आपराधिक कार्यहरू भएको उल्लेख गर्दै त्यस बेला केही व्यक्तिको आन्दोलनका क्रममा मृत्यु भएको भए पनि धेरै जसो आपराधिक कार्य गर्दा मृत्यु भएको ओलीले बताए । 

दमक, कमल, गौरादह, गौरीगञ्ज लगायतका क्षेत्रमा भएका विकास र प्रगती सबैका आँखा अघि छर्लङ् रहेको भन्दै उनले यो देश, यो क्षेत्रका लागि कुनै योगदान नगरेका व्यक्तिहरूबाट केही हुन नसक्ने बताए । नदीकटान नियन्त्रण, बाँध निर्माण, पुल तथा सडक निर्माण, विद्यालय भवन, विद्युतीकरण, खानेपानी, स्वास्थ्य क्षेत्र हरेक क्षेत्रमा भएको विकासबारे कसैलाई बुझ्न बाँकी रहेछ भने बुझाउन पनि उनको आग्रह छ । 

प्रतिक्रिया दिनुहोस्