काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार अभियोगमा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुकुन्द प्रसाद भण्डारीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार भण्डारीलाई साधारण तारेखमा छोड्ने निर्णय सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २१ गते भण्डारीविरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँको बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले प्राधिकरणका तत्कालीन निर्देशक भण्डारीसहित ५५ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो ।











