Logo
Logo

भोलिदेखि पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना


756
Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान महाशाखाका अनुसार भोलिदेखि विशेष गरेर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

The current image has no alternative text. The file name is: Barsha-heavy-rainfall.jpg

उच्च हिमाली भूभागमा मध्यम हिमपात पनि पर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार यही माघ १३ गते रातिदेखि सामान्य वर्षा हुने सम्भावना रहेको छ । यसअघि गएको हप्ता पूर्वी नेपालका ताप्लेजुङलगायत जिल्लामा सामान्य वर्षा र उच्च हिमाली भूभागमा मध्यम हिमपात भएको थियो ।

अहिले देशभर मौसम मुख्यतया सफा भए पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो छ । भोलिदेखि आउने प्रणालीले तराईका हुस्सु हटाउने र वायु प्रदूषण घटाउने मौसमविद्ले जनाएका छन् ।

यो हिउँदमा वर्षा र हिमपात कम भएको र तापक्रम औसतभन्दा माथि रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्