काठमाडौं । प्रत्येक वर्ष भक्तपुरको खोह्रे (हनुमानघाट)मा पौष शुक्ल पुर्णिमामा शुरु भएर माघ शुक्ल पूर्णिमासम्म माधवनारायण व्रत सञ्चालन हुन्छ। नेपाल भाषामा ‘स्वस्थानी धलँ’ को नामले परिचित यो व्रत नेपाल संवत् ८२२ मा चुपिंघाटबाट शुरु भएको मानिन्छ।

नेसं। ८४९ मा तत्कालीन राजा रणजित मल्लको समयमा ब्राह्मणद्वारा गुठीको व्यवस्था गरी हनुमानघाटमा सञ्चालन गर्न थालेको इतिहास छ । पछि गएर यो व्रतले निरन्तरता पाउन नसकेपछि केही समय बन्द नै भएको थियो ।
विक्रम संवत् २०४२ सालमा स्व। फतेबहादुर रञ्जितकार र ललित बहादुर रञ्जितकारलगायतको अगुवाइमा माधवनारायण व्रत घर निर्माण गरी व्रतलाई निरन्तरता दिइएको छ ।











