Logo
Logo

राष्ट्रिय सभा निर्वाचन : मधेशमा पनि सुरु भयो मतदान


315
Shares

काठमाडौं । मधेश प्रदेशमा पनि राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ । जनकपुरधामममा मतदान सुरु भएको हो । आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा मतदान हुन लागेको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको हो । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्