काठमाडौं । सामाजिक अभियन्ता ईः ईः ले रास्वपाका वरिष्ठ नेता बालेन शाहप्रति व्यङ्ग्य गर्दै अझ ठुलो अर्को केपी ओली बन्न लागेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै ईः ईः ले स्टेज सेयर गरेर चिप्लिनुभन्दा स्टाटस लेख्दै बस्नु ठिक हुने भन्दै केपी शर्मा ओलीको सान्दर्भिकता समाप्त भइसकेको अवस्थामा भविष्यका लागि अझ ठुलो अर्को केपी चाहिँदैन र रु भन्दै प्रश्न गरेका ।
उनले भनेका छन्
कुनैपनि भिडियो अन्तर्वार्ता नदिने र सार्वजनिक मञ्चमा डिबेट नगर्ने भावी प्रधानमन्त्रीको चुनावी रणनीति सही हो । चिप्लिनुभन्दा स्टेज म्यानेजड एपिरेन्स गर्नु र स्ट्याटस ठोक्दै बस्नु बेस । त्यतिले दम पुगेकै । केपीको सान्दर्भिकता समाप्त भइसक्यो, तर भविष्यका लागि अझ अजङ्गको अर्को केपी चाहिएन त रु जर्नालिस्टिक इन्टिग्रिटी र जील भएको कसैले २४ गतेको घटनाक्रम, महानगर प्रहरीको निर्ममता, निरन्तर कानूनीराजको उपहास, सामाजिक-आर्थिक नीति, गणतन्त्र -सङ्घीयता- धर्म निरपेक्षता आदिबारे केरकार गर्यो भने पारा तातिएर, भल्कानो पड्केर उत्पात हुनसक्छ। त्यस्तो प्राकृतिक दुर्घटना हुनदिनुहुँदैन ।’
सामाजिक सञ्जाल र मिडियामा भावी प्रधानमन्त्रीका उम्मेदवारबीच सार्बजनिक बहस हुनुपर्ने माग भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमै आफु बहसका लागि तयार रहेको बताएका थिए । त्यसको जवाफमा बालेनले ७६ जना बच्चाको हत्यारासँग मन्च शेयर नगर्ने जवाफ फर्काएका थिए ।











