Logo
Logo

चुनावी अभियानका क्रममा बालेन पुगे नेपालगञ्ज


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा सोमबार नेपालगञ्ज पुगेका छन् ।

The current image has no alternative text. The file name is: balen-5.jpg

झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन पूर्वी पहाडी जिल्लाहरूको चुनावी भ्रमण पूरा गरेर शनिबार काठमाडौं फर्किएका थिए । काठमाडौंमा आइतबार दिनभर विभिन्न राजनीतिक भेटघाटमा व्यस्त रहेका उनी सोमबार सुदूरपश्चिम केन्द्रित अभियानका लागि नेपालगञ्ज पुगेका हुन् ।

उनको सचिवालयका अनुसार बालेनको अभियान बाँके, बर्दिया हुँदै सुदूरपश्चिमका विभिन्न जिल्लासम्म विस्तार गर्ने कार्यतालिका छ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका बालेन नेपालगञ्ज पुग्दा समर्थकहरूको उल्लेख्य भीड देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्