Logo
Logo

अकुत छानबिनमा अख्तियारको सक्रियता, प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १८ माघ।
नेपाल विद्युत प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजय कुमार चौधरीविरुद्ध २ करोड १४ लाखको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तयार दुरुपयोग अनुसन्धान आयोगले उपप्रबन्धक चौधरीले गैरकानुनी रूपमा २ करोड १४ लाख ५८ हजार ८ सय ३४ रुपैयाँ १४ पैसा सम्पत्ति आर्जन गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

’भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ दफा १६ ’ग’ तथा दफा २९ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय हुन र निजले भ्रष्टाचार गरी गैरकानूनी रुपमा आर्जन गरेको चल अचल सम्पत्तिहरु साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ’, आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।
आयोगले अकुत सम्पतिको छानबिनमा सक्रियता बढाएको छ । गत साता मात्र भन्सारका नासु श्याम श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो । त्यस्तै तीन साताअघि गोपाल खड्काविरुद्ध आयोगले अकुत सम्पति आर्जनको आरोपमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्