Logo
Logo

प्रेमिकाको विषयको विवादले भक्तपुरमा युवकको हत्या


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ कात्तिक ।
प्रेमिकाको विषयमा भएको विवादमा भक्तपुरमा एक भारतीय नागरिकको हत्या भएको छ। उत्तरप्रदेश घर भई भक्तपुर नगरपालिका(१ ईटापा बस्दै आएका ३५ वर्षीय शाहिव हुसैनको हत्या भएको प्रहरीले जनाएको छ।


उनको शव आइतबार बिहान पौने आठ बजे ईटापाको प्लानिङ नरकटघारी खोल्सामा फेला परेको थियो। उनी इट्टाभटामा काम गर्दथे । सँगै काम गर्ने साथीहरुले नै उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
हुसैनको टाउको र अनुहारमा चिन्न नसिकने गरी चोट लागेको थियो। पहिले उनको सनाखत भने भइसकेको थिएन। पछि प्रहरीले दुई वटा तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान अघि बढाएको थियो।

महानगरीय अपराध महाशाखा र परिसरको संयुक्त टोलीले अनुसन्धान गर्दा उनी सोही ठाउँको दुवाल मेटल कारखानमा पित्तलको भाँडा बनाउने काम गर्ने खुलेको थियो।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार यस घटनामा संलग्न देखिएपछि उत्तरप्रेदशकै २३ वर्षीय सलमान खान र १९ वर्षीय सानु अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरू दुवै जना हुसैनसँगै कारखानामा काम गर्थे। प्रहरीले उनीहरू दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा उनीहरूको कोठामा प्रहरीले खनतलासी गरेको थियो। जहाँबाट रगत लागेको लुगा र जुत्ता फेला परेको थियो। प्रवक्ता गिरीका अनुसार उनीहरू तीनै जना शनिबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए। मापसे गरी बेलुकी ९ बजे कारखाना फर्किने क्रममा नरकटघारी पुगेपछि सानु अन्सारीको प्रेमिकाको विषयमा शाहिव हुसैनसँग विवाद भएको थियो। हुसैनले प्रेमिकाको विषयमा अनुचित बोलेपछि झगडा भएको थियो।
’प्रेमिकालाई कोठीमा पु¥याइदिन्छु भनेर अनेक भनेछन्, त्यसैले उनीहरूले हत्या गरे,’ प्रवक्ता गिरीले भने।

प्रतिक्रिया दिनुहोस्