Logo
Logo

अनसन फिर्ता लिन डा.केसीलाई पूर्वराष्ट्रपति र माथेमा कार्यदलको आग्रह


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले र नागरीक समाजका अगुवा सहित माथेमा कार्यदलका केदारभक्त माथेमाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् । साथै उनले स्वास्थ्य कमजोर भएको भन्दै अनसन तोड्न केसीलाई आग्रह गरेका छन् । साथै उनले स्वास्थ्य कमजोर भएको भन्दै अनसन तोड्न केसीलाई आग्रह गरेका छन् ।

२४ दिनदेखि अनसनरत डा। केसीलाई भेट्न यादव शुक्रबार अपराह्न शिक्षण अस्पताल पुगेका थिए । डा. केसीको जीवन अमूल्य भएको भन्दै उनले जसरी पनि बचाउनुपर्ने बताए । अनसन तोडेर भएपनि जीवन रक्षा गर्न पूर्वराष्ट्रपति यादवले आग्रह गरेका छन् ।

नागरिक समाजका अगुवाहरुले पनी आजै डा. केसीलाई अनसन तोड्न आग्रह गरेका छन् । सुशीला कार्की, दमननाथ ढुंगाना, भोजराज पोखरेल, सुरेन्द्रप्रसाद चौधरी, प्रभु बुढाथोकी, डा। दिनेश प्रसाईँ र रविन्द्र सिंह बानियाँले डा। केसीसँग अपिल गर्दै आमरण अनशनको कार्यक्रममाथि पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्