Logo
Logo

२४ औं दिनमा डा. केसीले गरे अनसन स्थगित


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौं ।
अनसनरत डा. गोविन्द केसीले एकतर्फी रुपमा अनसन तोड्ने भएका छन् । २४ औं दिनमा उनले अनसन तोड्ने निर्णय लिएका हुन् ।

डा केसीका शुभेच्छेक र नागरिक समाजका अगुवाहरुले विधेयक पास भइसकेकाले तत्काल अनसन स्थगित गरी दबाबका अन्य उपाय अपनाउन सुझाएपछि उनले अनसन टुग्यांउने निर्णय लिएका हुन् ।

केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

अनसन स्थगित गर्न उनलाई शुक्रवार  पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व सभामुख दमनाथ ढुंगाना, केदारभक्त माथेमा, सुशीला कार्की, दमननाथ ढुङ्गाना, भोजराज पोखरेल, प्रा डा मदन उपाध्याय, प्रा डा रमेशकान्त अधिकारी, प्रा डा अर्जुन कार्की, प्रा डा भगवान कोइराला, सुरेन्द्र चौधरी, प्रभु बुढाथोकी, डा दिनेश प्रसाईं र रविनद्र सिंह बानियाँ लगायतले डा केसीलाई भेटेर आमरण अनसनलाई पुनर्विचार गर्न आग्रह गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्