काठमाडौं । नेकपा एमाले नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार ईश्वर पोखरेलले सुझावको मागेका छन् । आफू प्रतिवद्धतापत्र निर्माणको क्रममा रहेको भन्दै नेता पोखरेलले सर्वसाधारण र मतदातासँग सुझाव मागेका हुन् ।

उनले बिहीबार फेसबुकमार्फत नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाउँदै समाजवादको आधार निर्माणमा अघि बढ्ने उद्देश्यका साथ आफू उम्मेदवार बनेको बताए ।
उनले लेखेका छन्, ‘यस क्षेत्रका जनता, विशेषगरी युवाहरूको सुनौलो र सुरक्षित भविष्यका लागि प्रतिबद्धता निर्माणको चरणमा छु । तपाईँको सिर्जनात्मक र उपयोगी सुझावले मेरो योजनाको क्षितिजलाई अझ फराकिलो र वस्तुनिष्ठ बनाउने भएकाले सुझावका लागि अनुरोध गर्दछु ।’











