Logo
Logo

कसैसँग गठबन्धन गर्दैनौँ, पहिलो पार्टी बन्छौँ : प्रचण्ड


189
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरू पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

The current image has no alternative text. The file name is: prachand-jiz.jpg

नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले कसैसँग गठबन्धन वा तालमेल नगर्ने बताएका हुन् ।  

प्रचण्डले जनताबाट अस्वीकृत र तिरस्कृतहरुसँग गठबन्धन नहुने बताएका हुन् ।  अन्य पार्टीहरूबाट आफूहरूले राम्रो रेस्पोन्स पाइरहेको भन्दै प्रचण्डले प्रत्यक्षमा एमालेले भन्दा धेरै सिट जित्ने अहिले नै निश्चित भइसकेको बताएका हुन् । 

साथै उत्साहका साथ निर्वाचनको तयारीमा जुट्न र आधिकारिक उम्मेदवारलाई जिताउन उनले निर्देशन दिए । सहसंयोजक माधव कुमार नेपालले पनि बैठकलाई सम्बोधन गर्दै विभिन्न दल र नेताहरूसँग छलफल भए पनि आफूहरू एक्लै निर्वाचन लड्ने बताएका थिए । 

जुम बैठक आज बिहान ८ बजेदेखि करिब एक घण्टासम्म चलेको थियो । बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्