Logo
Logo

साहित्यकार सूबसेनका पाँच कृति लोकार्पण


567
Shares

काठमाडौँ । नेपालका पुराना प्रशासक, संविधानसभा सदस्य एवं साहित्यकार सूर्यबहादुर सेन सूबसेन वलीका नयाँ पाँच कृति लोकार्पण गरिएको छ ।

The current image has no alternative text. The file name is: subesan.jpg

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रमा सूबसेनका ‘व्यक्ति एकः दृष्टिमा अनेक’, ‘विश्वश्याम’, ‘उमा-गौरी’, ‘असाधारण मुमाबुवाको साधारण छोरा’ र ‘हस्ताक्षर भूमिका सङ्ग्रह’ विमोचन गरियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति गङ्गाप्रसाद उपे्रती, प्रा डा रामदयाल राकेश, साहित्यकार रामप्रसाद पन्त, डा भागवत ढकाल, साहित्यकारद्वय ठाकुरप्रसाद शर्मा र भागिरथी श्रेष्ठले ती कृति विमोचन गर्नुभयो । ‘व्यक्ति एकः दृष्टिमा अनेक’ कृति लेखकको लेखनमाथिको टिप्पणी सङ्ग्रह हो भने उमा-गौरी सांस्कृतिक उपन्यासका रुपमा रहेको छ ।

शिवश्याम तराई मधेसका विषयवस्तु र घटना समेटिएको सामाजिक उपन्यास हो भने असाधारण मुमाबुवाको साधारण छोरा कृति संस्मरण ग्रन्थकारुपमा रहेको छ । हस्ताक्षर भूमिका सङ्ग्रह भने सूबसेनका बारेमा साहित्यकार सूर्यविक्रम ज्ञावली, डा. जगदिशचन्द्र रेग्मी, डा रामदयाल राकेश, डा. टीकाराम पन्थी, डा तारानाथ शर्मा, डा. रामकुमार पाँडे, गङ्गाप्रसाद उप्रेती, डा. माणिकलाल श्रेष्ठ, अशेष मल्ललगायतको हस्ताक्षरसहितका लेख र टिप्पणी समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्