Logo
Logo

शैक्षिक मुद्दा छाडेर विद्यार्थी नेता ठेक्कापट्टा र सरुवा–बढुवामा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं , १९ माघ ।

त्रिवि नियमावलीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हरेक दुई–दुई वर्षमा हुने उल्लेख छ । तर, त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसलगायत धेरै विद्यार्थी रहेका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन नभएको १० वर्ष भयो ।

०६५ पछि एकैचोटि ०७३ फागुनमा निर्वाचन मिति त तोकियो, तर निर्वाचन प्रणाली, उमेरहद र निर्वाचन गर्ने कि नगर्ने विषयमा विद्यार्थी संगठनबीच विवाद चर्किएपछि त्रिविका ६० मध्ये ३४ क्याम्पसमा निर्वाचन हुन सकेन ।

बाँकी २६ क्याम्पसमा विवादबीच निर्वाचन भयो । तर, ती क्याम्पसका स्ववियु पनि विद्यार्थीका मुद्दामा प्रभावकारी बन्न सकेका छैनन् । अहिले त्रिविले १४ फागुनमा स्ववियु निर्वाचनको मिति तोकेर तयारीमा लाग्न क्याम्पसहरूलाई पत्र पठाएको छ । तर, विद्यार्थी संगठनहरू भने निर्वाचनमा जाने–नजाने विवादमा प्रवेश गरेका छन् ।

स्ववियु शैक्षिक मुद्दा छाडेर विद्यार्थी संगठन सरुवा–बढुवा र ठेक्कापट्टामा लागेको समाचार लेखेको छ । क्याम्पसमा विद्यार्थी नेताको गतिविधि नै विगतको जस्तो देखिँदैन । हिजो विद्यार्थीका हकहित र शैक्षिक मुद्दामा लड्ने स्ववियु नेता अहिले विश्वविद्यालयमा पदाधिकारी भागबन्डा, प्राध्यापक सरुवाबढुवा र विभिन्न ठेक्कापट्टामा केन्द्रित हुन थालेका छन् । त्यसैले स्ववियुको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्