Logo
Logo

धापासीमा छुरा हानेर युवकको हत्या


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ कात्तिक ।
धापासी हाइटमा शुक्रबार २५ वर्षीय आशिष मगरको छुरा प्रहार हत्या भएको छ । हत्यामा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने २५ वर्षीय ग्यान्टे भनिने दिवश अधिकारी र रवि मगर रहेका छन् । उनको उपचारका क्रममा चिरायु अस्पतालमा मृत्यु भएको हो । घटनामा संलग्न अन्य दुई भने फरार रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार मृतक घरमा रङ लगाउने कार्यमा संलग्न छन् । हत्यामा संलग्न भने लागुऔषध गाँजाको दुर्व्यसनी रहेको प्रहरीले जानकारी दिएको छ । हत्याको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्