Logo
Logo

सहमति बिनै डा. केसीको अनशनको अन्त्य


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ।
मेडिकल क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै २४ दिनदेखि अनशन बस्दै आउनुभएका डा. गोविन्दे केसीले शुक्रबार १६ औँ अनशन तोडेको विहिवार साँझ घोषणा गरेका छन् ।

Dr. Govinda KC Photo: THT File

सरकारले तयार पारेको मेडिकल शिक्षा विधेयक फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलले तयार पारेको विधेयकको भावना विपरीत संसदमा आएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने माग गर्दै डा. केसीले इलामबाट अनशन सुरु गरेका थिए।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट त्रुटीपूर्ण रुपमा पारित भएको छ, त्यसलाई सच्याउन राष्ट्रपतिले मात्र सक्नुहुन्छ । उहाँले सच्याउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’ अहिलेसम्म नेपाली जनताको पक्षमा अनसन बस्दै आएको बताउँदै डा। केसीले आफ्ना माग पुरा नभए फेरि पनि १७ औं बस्न बाध्य हुने चेतावनी दिए ।

केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर १६ औ अनसनको अनत्य गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्