Logo
Logo

पूर्व मन्त्री विश्वकर्मालाई भेन्टिलेटरमा सारियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १५ कात्तिक ।
कोरोना भाइरस संक्रमण भएका पूर्वमन्त्री तथा कांग्रेस सांसद मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । स्वास्थ्य थप बिग्रिएपछि उनलार्य ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको छ।

कात्तिक १ गते ५३ वर्षीय पूर्ववाणिज्य मन्त्री तथा कांग्रेस नेता विश्वकर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएको ८ दिन नेता विश्वकर्मा होम आइसोलेसन बसेका थिए । होम आइसोलेसन बसेका विश्वकर्मालाई सास फेर्न असजिलो हुन थालेपछि कात्तिक ९ गते उपचारका लागि वीर अस्पताल पु¥याइयो। तीन दिनसम्म उनी वीर अस्पतालमै उपचाररत थए। तर, उनको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि कात्तिक १२ गते उनलाई ग्राण्डी अस्पताल सारिएको थियो। उनको आइसियूमा राखेर उपचार हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्