Logo
Logo

पाँच जुवाडेबाट नौ लाख बरामद


- दृष्टि न्युज/संवाददाता


मोरङ, १६ कात्तिक ।

मोरङको केराबारी गाँउपालिकाबाट जुवाको खालबाट प्रहरीले ८ लाख ८९ हजार नगदसहित पाँचजनालाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार केराबारी गाँउपालिका–६ स्थित ६० वर्षीय भुपेन्द्र भट्टराईको घरमा जुवा खेलिरहेको अवस्थामा भट्टराईसहित ४३ वर्षीय बोधराज मगर, ३८ वर्षीय शैलेस भुजेल, ३६ वर्षीयद्धय अरुण केसी र हरी खत्री पक्राउ परेका हुन्। शनिबार बेलुका साढे ५ बजे पक्राउ परेका अरुण केसी, हरि खत्री र शैलेश भुजेल धरान उपमहानगरपालिकामा निवासी हुन्। विषेश सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यसक्रममा प्रहरीले ८ लाख ८९ हजार रुपैयाँसहित दुईवटा स्कूटर, दुईवटा मोटरसाइकल र १३ बुक तास पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्