Logo
Logo

पाथीभरा दर्शनपछि प्रधानमन्त्रीद्वारा ताप्लेजुङमा निर्वाचन तयारीबारे परामर्श


315
Shares

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा अवस्थित पाथीभराको दर्शन गरेकी छन् ।

The current image has no alternative text. The file name is: pm-4.jpg

आज पाथीभराको दर्शन गरेर जिल्लास्थित मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गरेकी छन् ।

आज ताप्लेजुङ आएको प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा परामर्श गरेकी हुन्। ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठसहित जिल्लाको सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीले निर्वाचनबारे परामर्श गरेकी छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ताप्लेजुङ जिल्ला अदालतमा प्रधानमन्त्री कार्कीले परामर्श गर्दै चुनावी वातावरणबारे जानकारी लिएकी छन् । दक्षिणपूर्वमा भारतको सिक्किम र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङमा रहेका अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन कार्कीले निर्देशन दिइन् ।

उनले संवेदनशीलसँगै सम्भावित हुलदङ्गा हुने मतदानस्थलका लागि सुरक्षा व्यवस्था मिलाउनसमेत निर्देशन दिएकी छन् । परामर्श कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जिल्लाको सुरक्षा स्थिति, मतदानस्थल र केन्द्रसहित निर्वाचन वातावरणबारे प्रधानमन्त्री कार्कीसमक्ष अवगत गराएको बुझाएका छन् ।

प्रधानमन्त्री कार्कीले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनसमेत गरेकी छन् । बिहान ८ बजे ताप्लेजुङ आइपुगेकी प्रधानमन्त्री कार्कीले सुरुमा पाथीभरा दर्शन गरेको र त्यसपछि सदरमकाम फुङ्लिङमा मुख्य निर्वाचन अधिकृतसहित सुरक्षा निकायका प्रमुखसँग परामर्श तथा छलफल गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्