Logo
Logo

सम्झनामा जेठानी दिदी


उर्मिला खड्का

126
Shares

हे मेरी दिदी कसैको आशा नलिई तिमीले
संघर्ष गरी जीवन भरी बितायौ तिमीले
हुन त चरा डालीमा बस्न आड लिन्न कसैको
स्वतन्त्र जीवन स्वतन्त्र विचार राख्यो नि आफैँले
बिताउन जीवन चुनौतीलाई स्वीकार गरेर
मन बुद्धि चित्त निर्मल राखी जीवन भरेर
अरूको आसमा नबसी तिमीले जीवन बितायौ ।

प्रशंसा निन्दा समान ठानी प्रभुलाई समायौ
धेरैको उद्धार गरेर तिमीले जीवन बितायौँ
जीवन आफ्नो भगवानप्रति समर्पण गरायौ
तिमीले आफ्नो शक्तिलाई बुझी जीवन कटायौ
अहंकारी मनलाई हटाइकन आध्यात्मिक बनायौ
आफ्नो त्यो जीवन सुख र शान्ति आनन्दित बनायौ
आखिरी जाने त्यो शुद्ध भाव प्रभुमा मिलायौ
ॐ कारको शक्ति तिमीले जगाई प्रभुमा मिलायौ
दिव्य त्यो जीवन आखिरीसम्म उज्ज्वल बनायौ
कर्तव्यलाई नभुलीकन धर्ममा लगायौ
जीवन भरी कर्तव्य तिमीले कण कणमा लगायौ
हे दिदी तिमीले गरेको पुण्य स्वर्गमा फैलियोस्
भगवानको साथमा बसेर तिम्रो आनन्द मौलाओस् ।

ठूली जेठानी दिदी निर्मला खड्काको स्वर्गारोहण भएको दुखद घडीमा अत्यन्त मर्माहत भएका छौँ । दिदी, हजुरको वैकुण्ठमा बास होस् भनी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
जेठानी दिदीप्रति समर्पण

प्रतिक्रिया दिनुहोस्