Logo
Logo

भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको प्रस्ताव स्वीकृत


441
Shares

काठमाडौं । भारतको रक्षा अधिग्रहण परिषद्ले राफेल लडाकु विमान, लडाकु क्षेप्यास्त्र र एयरशिपमा आधारित उच्च उचाइको स्यूडो स्याटेलाइट खरिद गर्न ३९.७ अर्ब अमेरिकी डलर बराबरको प्रस्ताव स्वीकृत गरेको छ ।

यसको उद्देश्य द्वन्द्वका सबै क्षेत्रमा हवाई प्रभुत्व कायम राख्ने क्षमता अभिवृद्धि गर्नु र भारतीय वायुसेनाको प्रतिरोध क्षमता बढाउनु हो । स्थानीय सञ्चारमाध्यमकाअनुसार यस प्रस्तावमा फ्रान्सबाट ११४ वटा राफेल लडाकु विमान खरिद गर्ने योजना थियो । 

जसमध्ये १८ वटा विमान फ्रान्सबाट तयारी अवस्थामा ल्याइनेछ भने बाँकी ९६ वटा विमान भारतमै निर्माण गरिनेछ । भारतीय वायुसेनासँग हाल ३६ वटा राफेल विमान सञ्चालनमा रहेका छन् । स्थल सेना, नौसेना र तटरक्षक बलका लागि एन्टी-ट्याङ्क माइन, आर्मर्ड रिकभरी भेइकलका सवारी प्लेटफर्मको मर्मत, टी-७२ ट्याङ्क र इन्फन्ट्री कम्ब्याट भेइकल लगायतका अन्य खरिदहरू पनि स्वीकृत गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्