
काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणा पत्र आज सार्वजनिक गर्दैछ । उज्यालो नेपाल पार्टीले आज दिउँसो साढे एक बजे पत्रकार सम्मेलन गरी चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो ।
निर्वाचन आयोगले आजसम्ममा सबै राजनीतिक दललाई चुनावी घोषणापत्र उपलब्ध गराउन भनिसकेको छ । सोही अनुसार दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।
अहिले कांग्रेस, एमाले र रास्वपाले भने चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छैनन् । कांग्रेसले बुधबार मधेशको चुनावी सभामार्फत प्रतिवद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेका छन् ।












