Logo
Logo

बंगलादेशका प्रधानमन्त्रीको सपथमा सहभागी हुन परराष्ट्रमन्त्री ढाका जाँदै


819
Shares

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा सोमबार बंगलादेशको ढाका जाँदैछन् । उनी बंगलादेशको प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा भाग लिन ढाका जान लागेका हुन् ।

बंगलादेशमा फरबरी १२ मा भएको आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले दुई तिहाई बढी सिट जितेको छ । यससँगै बीएनपीका तारिक रहमानले मंगलबार प्रधानमन्त्री पदको सपथ लिँदैछन् ।

बीएनपीले रहमानलाई संसदीय दलको नेतामा चयन गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको छ । रहमान पूर्वप्रधानमन्त्री खालिजा जियाका छोरा हुन् ।

सपथ ग्रहणमा भाग लिन अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले नेपालसहित चीन, साउदी अरेबिया, भारत, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स र भुटानका सरकार प्रमुखलाई सपथ ग्रहण समारोहमा निमन्त्रणा पठाएका थिए ।

नेपालको तर्फबाट मन्त्री शर्माले प्रतिनिधित्व गर्नेभएका हुन् । यस्तै भारतका तर्फबाट लोकसभा अध्यक्ष ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले प्रतिनिधित्व गर्ने चारतीय सञ्चार माध्यमहरुले उल्लेखद गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्