काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । फागुन ८ गते शुक्रवार दिउँसो १ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने गरी अनुशासन समितिको बैठक बोलाइएको हो । कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले बैठक बोलाएका हुन् ।












