Logo
Logo

आसन्न निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध छः मन्त्री श्रेष्ठ


252
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गर्न सरकार जिम्मेवार भएको लागि परेको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताएकी हुन् ।

मन्त्री श्रेष्ठले सो निर्वाचनका लागि आम मतदातालाई सूचित, सचेत र जिम्मेवार बनाउन मतदाता शिक्षा कार्यक्रम पनि शुरु गरिएकाले त्यसमा सहभागी पनि आम मतदातालाई आग्रह गरिन् । उनले निर्वाचनको तयारीको कामलाई सरकार, निर्वाचन आयोग, नागरिक समाजलगायतका सबै पक्षले तिब्रताका साथ अघि बढाएको समेत स्पष्ट पारिन् ।

मन्त्री श्रेष्ठमा महिला मतदातको संख्या बढाउने कुरामा पनि सरकारले आवश्यक वातावरण बनाउने काम गरिरहेको बताइन् । उनले भनिन्, ‘फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, नागरिक संस्थाहरु सबै अग्रसर भएर अत्यन्तै तिब्र गतिमा काम गरिरहेका छन् । यसै तयारी स्वरुप हिजो आईतबारबाट निर्वाचन आयोगले पनि नागरिकहरुलाई सूचित, सचेत र जिम्मेवार मतदाता बनाउनका लागि मतदाता शिक्षा कार्यक्रमको पनि औपचारिक रुपमा शुरुवात गरिसकेको छ ।’

मन्त्री श्रेष्ठले निर्वाचनमा बालबालिकाहरुको दुरुपयोग हुन नदिन पनि सरकार सचेत रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्