Logo
Logo

भविष्यमा दमक यही टावरले चिनिनेछ: ओली


378
Shares

काठमाडौं । केपी शर्मा ओलीले दमकमा निर्माण भएको टावरबारे भइरहेको विरोधलाई “नबुझाइको परिणाम” भएको टिप्पणी गरेका छन् ।

The current image has no alternative text. The file name is: kp-oli-2.jpg

सोमबार झापा-५ मा चुनावी घरदैलोका क्रममा नेकपा एमालेका अध्यक्ष तथा सोही क्षेत्रका उम्मेदवार ओलीले उक्त संरचना भ्यूटावर नभई बहुउद्देश्यीय बिजनेस कम्प्लेक्स भएको स्पष्ट पारे ।

उनका अनुसार टावरलाई नयाँ खालको आईटी हबका रूपमा विकास गर्ने दीर्घकालीन योजनासहित अगाडि बढाइएको हो। “भ्यूटावर भन्छन्, तर यो वास्तवमा भ्यूटावर होइन । यो एउटा बिजनेस कम्प्लेक्स हो,” ओलीले भने, “यसलाई आधुनिक आईटी हबका रूपमा विकास गर्ने सोचअनुसार निर्माण गरिएको हो । नबुझ्नेहरूले किन चाहियो भनेर विरोध गरिरहेका छन्।”

ओलीले टावर कुनै व्यक्तिगत प्रयोजनका लागि नभई क्षेत्रीय विकासका लागि निर्माण गरिएको दाबी गरे। “यो म वा कुनै एक परिवार बस्न बनाएको होइन, दमकको विकासका लागि बनाइएको हो,” उनले जोड दिए।

उनले भविष्यमा दमक यही टावरका कारण चिनिने विश्वास व्यक्त गर्दै भने, “यो दमकको पहिचान हो, विकासको झन्डा हो ।”

प्रतिक्रिया दिनुहोस्