Logo
Logo

अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री बन्न नपाउने विश्वप्रकाशको दाबी


252
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब दुई पटकभन्दा बढी प्रधानमन्त्री वा प्रदेशको मुख्यमन्त्री बन्न नपाउने नीति लागू गर्ने दाबी गरेका छन् ।

The current image has no alternative text. The file name is: bishwoprakas-sharma.jpg

सोमबार लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेसले यसअघि कायम रहेको सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकालमा ‘एकरदुईरतीनरचार’ को सीमा संविधानमा अंकित गर्ने योजना अघि सारेको बताए । उनले भने, “अब उप्रान्त कोही पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री वा मुख्यमन्त्री बन्न पाउने छैनन् ।”

उपसभापति शर्माले कांग्रेसले देखाएको परिवर्तनबारे मतदाताले बुझ्ने विश्वास व्यक्त गरे र फागुन २१ को निर्वाचनमा त्यसले जीत दिलाउने अपेक्षा व्यक्त गरे । “देश जान्दछ, कांग्रेस बदलिएको छ। र, यो पनि देश जान्दछ-जो बदलिन सक्छ, उसैले देश बदल्न सक्छ,” उनले भने ।

शर्माले कांग्रेसले देशको शासन सुधारका लागि योजनाबद्ध र व्यवस्थित कदम चालिरहेको र जेनजी विद्रोहको भावना अनुरूप सुधार, परिमार्जन र समग्र परिवर्तन कांग्रेसले नै सम्भव बनाउने दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्