काठमाडौं । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको नजिक हुन खोजेका शोभाकान्त पौडेल यतिबेला लेखा प्रमुख, लेखापालहरुको सरुवामा हालीमुहाली गरेर बसेको स्रोतले बताएको छ । अर्थमन्त्रालयअन्तर्गत रहेको महालेखा नियन्त्रक पौडेल महालेखा नियन्त्रक कार्यालयबाट अर्थमन्त्रालय आउन खोजेका बेला गाउँले भाइ भनेर उनलाई तत्कालीन सरकार ढलेपछि त्यही अड्किदा सरुवामा हालीमुहाली चलेको हो ।

उनले अर्थमन्त्रालयको सचिव हुन खोजेका बेला तत्कालीन अर्थमन्त्री पौडेलले ‘ग्रिनसिग्नल’ पनि दिएका थिए । तर, जेनजी विद्रोहले मन्त्री पौडेल पदच्यूत भए । महालेखा नियन्त्रक पौडेलले यतिबेला अपारदर्शी ढंगले लेखापालहरुको सरूवा गर्न थालेको छन ।
महालेखा नियन्त्रक कार्यालयले दर्जनौं सरूवाहरू गोप्य राखेका छन् । महालेखा नियन्त्रक कार्यालयले यस अघि सरूवाको सूची सार्वजनिक गर्दै आएको थियो । सरूवाको विषयमा आलोचना हुन थालेपछि महालेखा नियन्त्रकले नै सरूवाको सूची लुकाउन थालेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य बीमा बोर्ड, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, कारागार व्यवस्थापन विभागदेखि दर्जन बढी निकायमा भएको लेखा उपसचिवको सरूवा गुपचुपमा गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखा उपसचिव मिठु थापा हाजिर भइसकेकी छिन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाई सिएलपीआईयू (भवन)बाट स्वास्थ्य मन्त्रालयमा थापाको सरूवा भएको लामो समय भएपनि महालेखा नियन्त्रक कार्यालयले उनको सरूवा गोप्य राखेको पाइन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लेखा उपसचिव गोपीचन्द्र भण्डारी महालेखा नियन्त्रक कार्यालयमा सरूवा भएर गइसकेका छन् । खानेपानी मन्त्रालय लेखा उपसचिव रमेश घिमिरे सिएलपीआइयु (भवन)मा पुगेका छन् । सर्लाही कोलेनिकाका पुष्प गुरागाईं स्वास्थ्य बीमा बोर्डमा सरूवा भएका छन् ।
सर्लाही कोलेनिकामा भने पदम पौडेल पुगेका छन् । सहकारी विभागका लेखा उपसचिव रेशम कुमार खत्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरूवा भएर हाजिर भइसकेका छन् ।
सहकारी विभागमा अख्तियारबाट लेखा उपसचिव भट्टराई आएका हुन् । ज्ञानेन्द्रराज ओझाको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय गुपचुप सरूवा भएको छ । ‘जेन–जी’ आन्दोलनपछि सिंहदरवारमा रहेका कार्यालयमा लेखा प्रमुखकका लागि आकर्षण बढिरहेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लेखा उपसचिव लोकनाथ सार्वजनिक वित्त व्यवस्थापन तालीम केन्द्रमा पुगेका छन् । सञ्चारमा चितवन कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)बाट यमनारायण शर्मा सरूवा भएका हुन् ।
सार्वजनिक वित्त व्यवस्थापन तालीम केन्द्रका भिर्माजुन ज्ञवाली चितवन कोलेनिका पुगेका छन् । अवकाश हुन लागेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लेखा उपसचिव भगवान प्रसाद उप्रेतीको ठाउँमा श्रम मन्त्रालयका रमेश पौडेललाई पठाइसकेको पाइन्छ । मलेनिकाबाट इलाम कोलेनिका सरूवा भएका यदुनाथ भट्टराईलाई गुपचुप रूपमै मलेनिका फिर्ता भएका छन् ।
इलाम कोलेनिकामा झापाका सूर्यबहादुर भण्डारीलाई पठाइएको छ । तेह्रथुमका कोलेनिका रमेश कार्कीलाई झापा ल्याइएको छ । सिन्धुपाल्चोक कोलेनिकाका प्रमोद सिंखडा मलेनिका आएका छन् भने सिन्धुपाल्चोक कोलेनिकाको कमाण्ड सम्हाल्न देवराज लुइटेल पुगेका छन् ।
लक्ष्मी जोशी कारागार व्यवस्थापन विभागबाट खानेपानी मन्त्रालय पुगेका छन् । मुरारी निरौलालाई कारागार व्यवस्थापन विभाग पठाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखा उपसचिव मञ्जु कुमारी जैसी ढकाल हाजिर भएकी छिन् । उनी रुपन्देही कोलेनिकाबाट सरूवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएकी हुन । रुपन्देही कोलेनिकामा विष्णु खनाललाई पठाइएको छ ।












