Logo
Logo

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव


315
Shares

काठमाडौं । काभ्रेको बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ ।

बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको ज्यान गएपछि आक्रोशित स्थानीयले बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपर जलाएका छन् । अहिले पनि प्रदर्शन जारी छ ।

प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रु ग्याँस पनि प्रहार गरेको थियो । अहिले अरनिको राजमार्ग अवरुद्ध गरेर प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्