Logo
Logo

कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित


315
Shares

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार गरेको प्रतिज्ञापत्र अनुमोदन गरेको छ ।

बुधबार बिहान बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञापत्र सर्वसम्मत अनुमोदन गरेको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सभापति गगन थापाको नेतृत्वमा बसेको भर्चुअल बैठकले प्रतिज्ञापत्र सर्वसम्मत अनुमोदन गरेको जानकारी दिए ।

प्रतिज्ञापत्र आजै जनकपुरमा आयोजना हुने पहिलो चुनावी सभामा सभापति गगन थापाले सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । कांग्रेसले यसपटक भिजन १० को अवधारणामा घोषणापत्र ल्याउने यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्