Logo
Logo

दाङका तीनै क्षेत्रमा एमाले उम्मेदवारलाई प्रलोपाको समर्थन


0
Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दाङका तिनै क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।

यसअघि एमाले र प्रलोपाले कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा आपसी सहयोग गर्ने समझदारी गरेका थिए । सोहीअनुसार दाङका तीनै क्षेत्रमा प्रलोपाले प्रत्यक्षतर्फ एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको हो ।

दाङ–२ मा प्रलोपाका उम्मेदवार रहेका प्रतिक अधिकारीको उम्मेदवारी निष्क्रिय गर्दै एमाले उम्मेदवार शंकर पोखरेललाई समर्थन गर्ने निर्णय भएको छ ।

यता दाङ– ३ मा प्रलोपाका घनश्याम डाँगीको उम्मेदवारी यसअघि नै निष्क्रिय गरी एमाले उम्मेदवार घनश्याम पाण्डेलाई सघाउने निर्णय गरिएको थियो । त्यस्तै प्रलोपाले दाङ– १ मा भने उम्मेदवारी दर्ता नै गरेको थिएन । त्यहाँ एमालेका रेवतीरमण शर्मा उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्