Logo
Logo

सरकारी ढुकुटीबाट महासचिवलाई दोहोरो सुविधा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं , २० माघ ।

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले कानुनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटीको दुरुपयोग गरका छन् ।

विशिष्ट श्रेणीबाट अवकाश लिइसकेका भट्टराईले सभामुखको सिफारिसमा महासचिव नियुक्त भएका हुन् । उनले विशिष्ट श्रेणीको पेन्सन र महासचिवको सेवासुविधा दुवै लिएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

कानुनमा महासचिव भट्टराईले एउटा गाडी र चालक पाउँछन् । सरकारका मुख्य सचिवसरह पारिश्रकिम पाउँछन् । उनले ५ वटा गाडी र ३ जना चाकल लिने गरेको जानकारी संघीय संसद सचिवालय स्रोतले दिएको छ । उनी मासिक तलव र पेन्सन दुवै लिन्छन् । उनले प्रतिमहिना ५८ हजार ८ सय ८० तलब र ३२ हजार ८ सय ९९ रुपैयाँ पेन्सन (निवृत्तिभरण) बुझन्े गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्