Logo
Logo

सिरहा पुगेर प्रधानमन्त्री ओलीले भने : विकासले मधेसको कायापलट हुन्छ ‘आगामी वर्षमा वृद्धभत्ता पनी बढ्छ’


- दृष्टि न्युज/संवाददाता


सिराह ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले वृद्धवृद्धाका हितका लागि सरकार सकारात्मक रहेको बताउँदै अघिल्लो सरकारले देशको ढुकुटी रित्तो पारेकोले अघिल्लो आर्थिक बर्षमा वृद्धभत्ता बढाउन नसकेको बताए । “वृद्धभत्ता बढेन भनेर निराश हुनुपर्ने अब धेरै दिन छैन” प्रधानमन्त्री ओलीले भने “आउने आर्थिक बर्षमा वृद्धभत्ता अवश्य बढ्छ सरकारले बढाउ छ ।

तराई मधेसको विकासका लागि सरकारले विभिन्न योजनाहरु ल्याएको उनले बताए। शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई शनिबार सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तराई मधेसको कायापलटका लागि सरकारले विभिन्न क्षेत्रमा विभिन्न योजना अघि बढाएको बताए।

प्रधानमन्त्री ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताए । मधेसमा अनेक हल्ला चलाइएका छन् तर सरकारको कामले ति सबैको जवाफ दिँदै गएको छ, उनले भने, ‘हुलाकी सडकको निर्माण, काठमाण्डौं बद्रिवास द्रुतमार्ग, निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रमजस्ता मधेस विकासका कार्यक्रम सञ्चालन भएका हुन्। केही दिन अघि झापाको भद्रपुर विमानस्थल झलमल्ल भएजस्तै जनकपुर विमानस्थल पनि झलमल्ल हुनेछ।’

प्रधानमन्त्री ओलीले मधेसलाई काठमाडौंसँग जोड्ने द्रत मार्ग, निजगढ विमानस्थल, कमला कोशी डाइभर्सनबाट मधेसको खेती जमीनलाई सिंचाई गर्ने योजनाका कामहरु धमाधम सुरुवात हुँदा प्रतिपक्षीहरु चकित परेको बताए।

प्रतिक्रिया दिनुहोस्