Logo
Logo

ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरी सक्रिय 


252
Shares

काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीमा निर्वाचन प्रहरीलाई खटाइएको छ । नियमित ट्राफिक प्रहरीहरूलाई निर्वाचन सुरक्षाका लागि उपत्यकाबाहिर खटाइएपछि राजधानीका विभिन्न चोक-चोकमा ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरीलाई खटाइएको हो । बढ्दो जामलाई नियन्त्रण गर्न अहिले निर्वाचन प्रहरीहरू पनि सडक ट्राफिक व्यवस्थापनमा खटिएका छन् ।

उनीहरूले सवारी अनुशासन कायम गराउने, जाम खुलाउने तथा यात्रुलाई सहज आवागमन गराउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार निर्वाचन नजिकिएसँगै केही ट्राफिक प्रहरीलाई काठमाडौँ बाहिर पठाइएकाले उपत्यकामा जनशक्ति कम देखिएको हो ।

हाल निर्वाचन प्रहरीहरू पनि विभिन्न स्थानमा प्रहरीसँगै परिचालन गरिएको छ र सोही समयमा सडक जाम भएको बेला उनीहरूले ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्