Logo
Logo

रास्वपा नेता न्यौपाने एमालेमा प्रवेश


2.8k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेश सदस्य ठगेन्द्र न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

न्यौपानेले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ-२ बाट रास्वपाका उम्मेदवार समेत हुन् । प्रतिस्पर्धामा उनी तेस्रो स्थानमा रहे । मोरङको रतुवामाई-९, भौडाहा निवासी उनी रास्वपा स्थापनाकालदेखि नै दक्षिणी मोरङमा सङ्गठन विस्तारमा थिए । यसपटक उनी उम्मेदवारका आकाङ्क्षी थिए । पार्टीले संसद् भवन जलाउन भूमिका खेलेका कृष्ण कार्कीलाई टिकट दिएपछि उनले रास्वपा छाडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्