काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (शनिबार) बिहानैदेखि काठमाडौं उपत्यकामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ सुरु गरेको छ ।

बिहानै पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साहसहितका उपत्यकाका तीन जिल्लाकै उम्मेदवार पशुपति मन्दिरमा भेला भएर ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ सुरु गरेका हुन् ।
गौशालाबाट आरम्भ भएको अभियान जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तारमा केन्द्रित रहेको रास्वपाले जनाएको छ । अभियान साँझ ६ः३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुने छ ।











