Logo
Logo

फेरि पक्राउ परे दुर्गा प्रसाईँ 


1.1k
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई बिहान निवासबाटै पक्राउ गरेको हो ।

The current image has no alternative text. The file name is: durga-prasain.jpg

प्रसाईँको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो ।

पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने ब्यहोरा उल्लेख छ । प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।

प्रसाईँ पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए । उनलाई गैर कानुनी रूपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्