Logo
Logo

ओलीको हार-जित देशसँग जोडिएको छ : योगेश भट्टराई


441
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओलीको हारजित देशको हारजितसँग जोडिएको बताएका छन् । 

झापा-५ मा ओलीलाई भोट माग्न पुगेका  भट्टराईले भने, ‘केपी ओलीको विजय वा पराजय यो देशको विजय वा पराजयसँग जोडिएको छ । नेपालीत्वसँग जोडिन्छ । नेपाली राष्ट्रियता र स्वाभिमानसँग जोडिन्छ । केपी ओलीको विजय भनेको यो देशको स्वाभिमानलाई माथि उठाउने कुरा हो । राष्ट्रियतालाई माथि उठाउने कुरा हो । हामी नेपाली हुँ भन्ने पहिचानलाई अझ माथि उठाउने विषय हो ।’

पार्टीका आन्तरिक विषयलाई चर्चा परिचर्चा नगरी निर्वाचनमा लाग्न भट्टराईले आग्रह गरे । स्थानीय तहदेखि सङ्घसम्म कोही संसद्, कोही पार्टीमा बसेर साथै केहीले जनसङ्गठनमा रहेर आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने भट्टराईको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्