Logo
Logo

निर्वाचनका बेला पनि आयल निगमका डिपो खुला रहने


315
Shares

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका अवसरमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले सार्वजनिक बिदाका दिनमा पनि आफ्ना विभिन्न प्रादेशिक कार्यालय तथा डिपो खुला राख्ने निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: nepal-oil-nigam.jpg

सरकारले निर्वाचनका लागि २० देखि २२ फागुनसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय गरेपछि इन्धन आपूर्तिमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले निगमले विशेष व्यवस्था गरेको जनाएको छ।

निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर फागुन २२ र २४ गते खुला रहनेछ भने मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज फागुन १९, २० र २३ गते सञ्चालनमा आउनेछ । बाग्मती प्रादेशिक कार्यालय थानकोटले फागुन १८ गते पेट्रोलियम पदार्थ बिक्री गर्नेछ भने २० र २३ गते पनि कार्यालय खुला रहनेछ ।

यसैगरी गण्डकी प्रादेशिक कार्यालय पोखरा फागुन २०, २३ र २४ गते, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा फागुन १७, १८, २० र २३ गते सञ्चालन हुनेछ । कर्णाली प्रादेशिक कार्यालय सुर्खेत फागुन १८ र २० गते तथा सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी फागुन १९, २० र २२ गते खुला रहने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

अन्य डिपो तथा शाखातर्फ धनुषा महेन्द्रनगर इन्धन डिपो फागुन २२ र २४ गते, नेपालगञ्ज डिपो २० र २२ गते, झापा चारआली शाखा २२ र २४ गते तथा वीरगञ्ज शाखा कार्यालय फागुन २०, २२, २३ र २४ गते खुला रहनेछन् ।

इन्धन आपूर्ति तथा वितरणका क्रममा कुनै समस्या आएमा वा समन्वय आवश्यक परेमा प्रत्येक कार्यालयका जिम्मेवार अधिकारी र सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको निगमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्